“उत्प्रेक्षण” स् राजनीतिक विकृति विरुद्धको साहित्यिक अस्त्र

TEJ BILASH ADHIKARI

२०८१ भाद्र २ गते आइतबार


प्रकाश थापामगर 

विषयप्रवेश

पछिल्लो समयमा नेपाली साहित्यमा नयाँ नयाँ विधाको प्रवेश भइरहेको छ । एउटै मूल विधाभित्र पनि सहायक विधामा साहित्यलेखन भइरहेको छ । यसमध्ये कविता ९काव्य० विधामा धेरै लेखन भइरहेको देखिन्छ । त्यसै पनि कविता विधाअन्तर्गत सर्वाधिक उपविधाहरू रहेको पाइन्छ । खालि गद्य र पद्य कविताको मात्रै चर्चा गर्ने हो भने पद्यमा हजारौँ उपविधा छन् । त्यस्तै, आकार र पदको कोणबाट विचार गर्ने हो भने पनि कवितामा धेरै विधा रहेका छन् । त्यसमध्ये मुक्तक पनि आकार र पदको कोणबाट सानो तर प्रभावको दृष्टिकोणले बृहत् विधा मानिन्छ । यहाँ एउटा मुक्तकसङ्ग्रहको समीक्षा गर्ने प्रयास गरिएको छ ।

लेखकबारे

लेखक तेजविलास साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । पेसाले काठमाडौँको वाल्मीकि क्याम्पसमा प्राध्यापन गरे पनि साहित्यिक क्रियाशीलता उनको सामान्य दैनिकी बनेको देखिन्छ । उपप्राध्यापक तेजविलासले पछिल्लो समयमा ‘अधिकारी’ थर हटाउन खोजेको देखिन्छ । सायद जातिसम्बन्धी उनको दृष्टिकोणमा रूपान्तरण आउन थालेर हो कि रु त्यसबारे लेखकले नै यथासमय प्रष्ट्याउने छन् ।

उपप्राध्यापक तेजविलासले लेखक तथा सहित्यकारका साथै समालोचकरसमीक्षक, सम्पादक, निबन्धकार, हाइकुकार, मुक्तककारको रूपमा समेत परिचय बनाएका छन् । उनले यसअघि “गजलपथका यात्रीहरू” संयुक्त गजलसङ्ग्रह २०६१ सालमा, “गजल बिम्ब” संयुक्त गजलसङ्ग्रह २०६३ सालमा, “समीक्षा सन्दर्भ” समालोचना २०६५ सालमा, “अस्तित्वको खोजी” कथासङ्ग्रह २०६६ सालमा, “राम्रो निबन्धलेखन” २०६७ सालमा, “समय सन्दर्भ” समालोचना २०७० सालमा, “समालोचकको आँखामा हरिहर खनाल” सम्पादन २०७० सालमा, “उच्छ्वास” हाइकुसङ्ग्रह २०७२ सालमा, “सिर्जन वैशिष्ट्यमा कवि अनिल श्रेष्ठ” ९सम्पादन० २०७४ सालमा, “नेपाली कथामा दलित” ९संयुक्त सम्पादन० २०७४ सालमा, “उद्वेग” हाइकुसङ्ग्रह २०७५ सालमा, “वाङ्मयसेवी छायादत्त” ९सम्पादन० २०७५ सालमा, “उच्छलन” हाइकुसङ्ग्रह २०७६ सालमा, “उच्छेद” मुक्तकसङ्ग्रह २०७८ सालमा, “सहिद स्रष्टा परिचय कोश” २०७९ सालमा र “उत्प्रेक्षण” मुक्तकसङ्ग्रह २०८० सालमा प्रकाशन भएको छ ।

यसबाहेक लेखकका विभिन्न पत्रपत्रिका तथा अनलाइनमा विभिन्न विधाका रचनाहरू निरन्तर प्रकाशन भइरहेका छन् ।

चितवन निवासी लेखक पछिल्लो समयमा काठमाडौँमा बस्दै आएका छन् ।

लेखक तेजविलास पेसागत सङ्गठनका साथै वामपन्थी राजनीतिक पार्टीसित सम्बन्धित छन् । त्यस क्रममा उनको प्रष्ट आबद्धता प्रगतिशील साहित्यिक सङ्गठनसित छ ।

“उत्प्रेक्षण” पुस्तकबारे

प्रस्तुत मुक्तकसङ्ग्रह “उत्प्रेक्षण” लेखकको पुस्तक आकारमा प्रकाशित पछिल्लो कृति हो । जीवनसँगिनी भगवती अर्यालले २०८० साल साउनमा यो पुस्तक प्रकाशन गरेको देखिन्छ ।

२२८ ओटा मुक्तक समेटिएको सानो डिमाइ आकारको यस पुस्तकामा रामचन्द्र फुयाँल र खगेश्वर सापकोटाले समालोचनात्मक भूमिका लेखेका छन् । लेखकीय पुस्तकको प्रारम्भमा नै राख्ने प्रचलनभन्दा फरक रहेर तेलविलासले प्रस्तुत पुस्तकको अन्तमा लेखकीय राखेका छन् । आवरणको पछिल्लो भागमा सावित्री गुरुङ र रणबहादुर विकको समेत पुस्तकबारेको टिप्पणी राखिएको छ ।

कुल ९६ पृष्ठको यस पुस्तकमा अगाडि १८ र पछाडि दुई गरी २० प्रारम्भिक पृष्ठ रहेका छन् । पुस्तकको मूल्य २०० नेरु राखिएको छ ।

मुक्तकको सिद्धान्त र संरचना

पुस्तकको विषयवस्तुमा प्रवेश गर्नुअघि मुक्तकको सिद्धान्त र संरचनाको बारेमा सङ्क्षिप्तमा परिचयात्मक सामग्री राख्नु अन्यथा हुने छैन ।

मुक्तक सामान्यतः चार पदको छोटो कविता ९छोक० हो । यसको पहिलो, दोस्रो र चौथो पदमा अनुप्रास रहेको हुन्छ तर तेस्रो पदमा भने अनुप्रास रहेको पाइँदैन । त्यसलाई ए, ए, बी, ए संरचनाको रूपमा बुझ्न सकिन्छ । पहिलो ९ए० पदमा भावको थालनी वा उत्सुकताको प्रारम्भ, दोस्रो ९ए० पदमा भाव र उत्सुकतामा वृद्धि, तृतीय ९बी० पदमा निष्कर्षको परिवेश र चौथो ९ए० पदमा लेखकीय अभिमत वा विचारपूर्ण तर्कको स्थापना गरिन्छ ।

मुक्तकमा प्रत्येक पदमा भावको विकास उत्तरोत्तर गतिमा हुँदै थौथो पदमा लेखकको विचार र तर्क सशक्त रूपमा आएको हुनुपर्दछ ।
मुक्तकमा बिम्ब, प्रतिक, रस, अलङ्कार, ध्वनि र mवक्तोत्तिको प्रयोग गद्यमा भन्दा बढी होइन, पद्यका अन्य विधामा भन्दा पनि बढी हुनुपर्ने अपेक्षा राखिन्छ ।

शब्दशक्तिको सन्दर्भमा मुक्तकमा अभिधाको तहमा नभएर व्यञ्जनाको तहमा भाव व्यक्त गरिनुपर्दछ अर्थात् आफ्ना अभिव्यक्ति जस्ताको तस्तै बुझिने गरी होइन, विशेष रूपले प्रस्तुत गरिनुपर्दछ । यहाँसम्म कि लक्षणा ९शब्द आफैको भन्दा फरक अर्थ० भन्दा पनि अझै उच्च स्तरमा भाव व्यक्त गरिनुपर्दछ ।

चतुष्पदी संरचनामा भएकाले मुक्तकलाई रुबाईसित पनि जोडेर हेर्ने गरिन्छ तर यी दुईमध्ये एउटा फरक यो हो– रुबाईका प्रत्येक पदमा अक्षर सङ्ख्या समान हुनुपर्ने नियम छ भने मुक्तकमा त्यस्तो बाध्यता छैन ।

मुक्तकको सम्बन्ध उर्दु वा फारसी साहित्यसँग छ । पूर्वोत्तर भारत हुँदै मुक्तक नेपाल प्रवेश गरेको मानिन्छ । नेपालमा प्राथमिक कालका प्रथम कवि मानिएका सुवानन्द दासकै समकक्षी मानिने शक्तिबल्लभ अर्यालको “तनहुँको भकुन्डो” ९१८३९० नेपाली साहित्यमा पहिलो मुक्तम मानिन्छ । त्यसपछि गुमानी पन्त, रघुनाथ पोखर्‍याल, भानुभक्त आचार्य, अगम दिलदास तथा माध्यमिक कालका मोतिराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल, वैयाकरण नेपाल, रेवतीरमण न्यौपाने, पहलमानसिंह स्वाँरले अगाडि बढाए यद्यपि उनीहरूले आफ्नो सो साहित्यलाई मुक्तककै नाम दिएका थिएनन् । भीमदर्शन रोका ९१९८६–२०५९० ले मुक्तक भनेरै लेखेपछि त्यसलाई टेकबहादुर नवीनले अझै माथि उठाएको दाबी समालोचकको छ । उनीहरूले २०३० सालको दशकमा नेपाली मुक्तकको लोकप्रियता शिखरमा पुगेको दाबीसमेत गरेका छन् ।

विषयवस्तु

“उत्प्रेक्षण” को दुईओटा शाब्दिक अर्थ छन्– “एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना” वा “सावधान भएर हेर्ने, विचार गर्ने काम” । लेखकले दोस्रो अर्थमा अर्थात् “सावधान भएर हेर्ने, विचार गर्ने काम” को अर्थमा पुस्तकको शीर्षक “उत्प्रेक्षण” चयन गरेको देखिन्छ ।

अब प्रवेश गरौँ, मुक्तकसङ्ग्रहको विषयवस्तुतर्फ ।

पुस्तकले उठाएका मुख्य विषयवस्तुलाई यसरी सङ्क्षेपीकृत गर्न सकिन्छ स्

१। देशको बिग्रँदो अवस्थाप्रति चिन्ता

२। राजनीतिक क्षेत्रमा देखा परेको विकृति, विसङ्गतिप्रतिको आलोचना

३। लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताप्रतिको प्रतिबद्धता

४। ‘नयाँ’ को चरित्रप्रति असन्तुष्टि

५। प्रगतिशील र क्रान्तिकारी सिद्धान्त, आदर्शप्रतिको अडिगपन र त्यस आधारमा आदर्श जीवन तथा व्यवहारको अपेक्षा

६। सामाजिक सद्भावको चिन्ता

७। राष्ट्रियता रक्षाप्रतिको सजगता

८। अर्थतन्त्रको क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरताबोध

यसबाहेक पुस्तकमा मानवीय संवेदनाका विविध पक्षहरू पनि समेटिएका छन् ।

अब यहाँ सङ्क्षेपीकृत मुख्य विषयवस्तुका उदाहरण प्रस्तुत गरौँ ।

१। देशको बिग्रँदो अवस्थाप्रति चिन्ता

त्यसो त देशको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेर पुस्तकमा धेरै मुक्तक लेखिएका छन् । त्यसमध्ये एउटा प्रतिनिधि मुक्तक यसलाई मान्न सकिन्छ स्

संसद् कोषको पैसाले मन्दिर नबनाऊ
वडाको बजेटले जङ्गल नखनाऊ
योजना बनाएर छलफलपछि मात्रै
बल्ल टोल बन्छ अदि देश बनाऊ ९५० स् १८०

२। राजनीतिक क्षेत्रमा देखा परेको विकृति, विसङ्गतिप्रतिको आलोचना

यस्ता आलोचनात्मक मुक्तक पनि पुस्तकभरि छन् । अझै भन्न सकिन्छ स् पुस्तकमा सबैभन्दा बढी सङ्ख्यामा यस्ता मुक्तक छन् । एउटा उदाहरण यो मुक्तकलाई मान्न सकिन्छ स्

सहिदको फोटो टाँस्यो अनि भन्यो जय नेपाल
कमिसनले दिल हाँस्यो अनि भन्यो जय नेपाल
पाएन भाग अब भनिदिन सक्छ लाल सलाम
देश लुट्ने ठाउँमा पुगेर भन्यो जय नेपाल ९६० स् २००

३। लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताप्रतिको प्रतिबद्धता
लेखकले केही मात्र यस्ता मुक्तक लेखेका छन्, जसमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्धता देखा पर्दछ । यो मुक्तक पढौँ स्

संसद् मार्नेलाई पनि जित चाहियो
अहित गर्नेलाई पनि जित चाहियो
हुँदा हुँदा संविधान निमोठ्नेलाई अब
भन्छन् दुईतिहाइ सुनिश्चित चाहियो ९९७ स् ३३०

यहाँ आवरणमा हेर्दा खालि एमालेको चुनावी अभियानको विरोध गरेको जस्तो देखिन्छ तर अन्तर्यमा विषयवस्तु अर्कै छ । एमालेले २०७७ सालमा संविधानमाथि आक्रमण गरेर पटक पटक संसद् विघटन गरेको थियो । सर्वोच्च अदालतले सो कदमलाई गलत ठहर्‍याइसकेपछि पनि उसले त्यसैलाई सही बताउँदै २०७९ सालको आम निर्वाचनमा आफ्नो पक्षमा दुईतिहाइ बहुमत चाहेको थियो । यदि सो चुनावमा दुईतिहाइ बहुमत प्राप्त भएको भए लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता धरापमा पर्न सक्दथ्यो । यस अर्थमा जनआन्दोलनका यी उपलब्धिको पक्षमा उभिएर लेखकले आफूलाई अग्रगमनको कित्तामा उभ्याएको मान्न सकिन्छ ।

४। ‘नयाँ’ को चरित्रप्रति असन्तुष्टि

मुक्तकसङ्ग्रहमा ‘नयाँ’ को चरित्रप्रति पनि असन्तुष्टि प्रकट गरिएको छ । खासगरी पुरानोको विरोधको नाममा ॅनयाँ’ को विचारविहीन स्थितिको लेखकले विरोध गरेको पाइन्छ । यो मुक्तकको आसय यही देखिन्छ स्

अस्तिसम्म त ऋण मात्र थियो
चुपचाप लाग्नु दैनन्दिन थियो
दिक्क पो लाग्न थाल्यो अचेल त
नयाँ भन्नेले पनि धोका दियो ९१८९ स् ६३०

५। प्रगतिशील र क्रान्तिकारी सिद्धान्त, आदर्शप्रतिको अडिगपन र त्यस आधारमा आदर्श जीवन तथा व्यवहारको अपेक्षा

सङ्ग्रहका सबै मुक्तकमा सामान्यतः प्रगतिशील र क्रान्तिकारी चेत विद्यमान छ । शीर्षकले दिएको अर्थमा झैँ उनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोणबाट देशलाई हेरेका छन् । यो मुक्तक पढौँ स्

जब राज्यसत्ता पैसाले बोल्छ
तब जनसत्ता विद्रोह बोल्छ
खाइदिन्छ मत किन्न दिएको धन
धन बाँड्नेलाई नै धनले पोल्छ ९६८ स् २२०

त्यस्तै, अर्को मुक्तक पनि स्

तोरी फुले पो मौरी रमाउँछ
छोरी जन्मिए पो सृष्टि जोगिन्छ
हेलाहोचो नगरौँ सन्तानहरूलाई
चेतना जागे पो रूढी भगाउँछ ९१४२ स् ४८०

६। सामाजिक सद्भावको चिन्ता

लेखकले धर्मनिरपेक्षताको व्यावहारिक कार्यान्वयन हेतु सामाजिक सद्भावको रक्षा हुनुपर्ने धारणा व्यक्त गरेका छन् । सायद यो मुक्तकले यही भन्छ स्

जाति जातिबिच एकता चाहिन्छ
राज्यको नीति पारदर्शी चाहिन्छ
भूगोल जहाँ परोस् जनबिचमा
गहन परिश्रम गर्ने मति चाहिन्छ ९१३१ स् ४४०

७। राष्ट्रिय रक्षाप्रतिको सजगता

स्वभावैले लेखक तेजविलासमा राष्ट्रियताप्रति सजगता हुने नै भए किनकि प्रगतिशील र क्रान्तिकारी सोचाइ राख्नेहरू स्वभावैले राष्ट्रियताप्रति सजग हुन्छन् । यो मुक्तकले भन्दछ स्

इतिहासबोध आवश्यक छ
राजनीतिक चेत आवश्यक छ
जङ्गे पिलर हराइरहेको देशमा
स्वाभिमान सचेतना आवश्यक छ ९२१२ स् ७१०

८। अर्थतन्त्रमा राष्ट्रिय आत्मनिर्भरताबोध

मुक्तककार तेजविलासले देश आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्दछ भन्ने धारणा व्यक्त गरेका छन् । यसले उनमा रहेको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रप्रतिको सचेतनालाई नै बताउँछ । उनले लेखेका छन् स्

आफ्नै माटोमा अन्न उब्जाउनेलाई सम्मान छैन
भन्छन् नेपालीको आफ्नै गौरव मान छैन
मागेर चलाउन छाड घरखर्च अनि केही होला
कसरी बन्छन् घरबुना आज यहाँ एउटा तान छैन ९२१६ स् ७२०

यहाँ अत्यन्त सङ्क्षिप्तमा र प्रतिनिधिमूलक तरिकाले पुस्तकको विषयवस्तु प्रस्तुत गरिएको छ । मुक्तकहरू अत्यन्त सरल शब्दमा लेखिएकाले त्यस्तो व्याख्या आवश्यक ठानिएको छैन ।

पुस्तकको विषयवस्तुले सबल पक्षको आफै वकालत गर्दछ । माथि उल्लेख गरिए झैँ वा शीर्षकले इङ्गित गरे झैँ क्रान्तिकारी र प्रगतिशील दृष्टिकोणको आधार लेखकले देशको अवस्था र राजनीतिबारे साहित्यिक अभिव्यक्ति दिएका छन् । त्यसैले उनले कहीँ कतै रूढी, अन्धविश्वास, भेदभाव, शोषण र उत्पीडनलाई प्रश्रय दिएका छैनन् बरु उनले यी सबै विजातीय तत्त्वको निर्मम आलोचना र भण्डाफोर गरेका छन् ।

दुर्बल पक्ष

मुक्तककार तेलविलास वैचारिक दृष्टिकोणले प्रगतिशील र क्रान्तिकारी विचारले लेस भएका कारण पुस्तकमा दुर्बल पक्ष थोरै छन् । फेरि पनि ती दुर्बल पक्ष उल्लेख गरिदिँदा लेखकको आगामी लेखनयात्रामा निखार आउने आशा गर्नु अन्यथा हुने छैन ।

सङ्क्षेपमा मुक्तकसङ्ग्रहका दुर्बल पक्ष यस प्रकार रहेका छन् स्

१। मुक्तकको शाब्दिक अनुप्रास मिलेको छ तर कैयौँ मुक्तकमा अनुप्रासका शब्द दोहोरिएका छन् । यो कमजोरी उल्लेख गर्नयोग्य मानिन्छ ।

२। मुक्तकको भाव, प्रेरणा र विचार उर्ध्वगामी हुनुपर्नेमा सामान्य प्रकारको हुन पुगेको छ । यसले गर्दा मुक्तकको प्रभावकारिता अपेक्षित रूपमा सशक्त हुन सकेको छैन ।

३। मुक्तकमा व्यञ्जना कमजोर बनेको छ, अभिधाकै बाहुल्यता रहेको जस्तो देखिएको छ ।

४। मुक्तकहरू ‘यत्रतत्र सर्वत्र’ छन् अर्थात् सबै खालका मुक्तक सबैतिर छन् । त्यसको सट्टा तिनीहरूलाई वर्गीकरण गरे राख्न सकेको भए समग्र पुस्तकको प्रभाव अझै सशक्त हुन सक्दथ्यो ।

५। एउटा मुक्तकमा विदेशिएका कामदारप्रति नकारात्मक भाव व्यक्त हुन पुगेको छ यद्यपि लेखकको नियत त्यस्तो नहोला । यदि त्यस्तो धारणा लेखकमा छ भने त्यसमा सुधार गर्नु वाञ्छनीय हुने छ ।

धर्ती आफ्नै भए पो जाँगर लाग्छ
अर्ती उपयोगी भए पो जाँगर लाग्छ
अर्काको भूमिमा गएर श्रम गर्नुपर्नेलाई
साँच्चै भनौँ देशको माया केको लाग्छ ९२१६ स् ७६०

त्यसबाहेक कैयौँ मुक्तकमा प्रष्ट देखिने गरी राजनीतिक पार्टीपक्षधरता देखा परेको छ । उदाहरणका लागि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटन र तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटुवाललाई बर्खास्त गरिएको विषयलाई लिन सकिन्छ । त्यसको सट्टा गलत नीति, विचार र प्रवृत्तिको व्यञ्जनाको अधिकतम प्रयोग गरेको भय उपयुक्त हुन्थ्यो कि रु

निष्कर्ष

तेजविलासको “उत्प्रेक्षण” ले देशको अवस्था परनिर्भर भएको, विपन्न तप्काको अवस्था कमजोर भएको र वर्गसङ्घर्षको अपेक्षा धूमिल भएकोमा सावधानीपूर्वक आलोचना गरेको छ । सावधानीपूर्वक यस अर्थमा, लेखकले देशको र देशको राजनीतिक विकृति, विसङ्गतिको विरुद्धमा आवाज उठाइरहँदा अर्को अतिरञ्जना वा प्रतिकदम उठाएका छैनन् । यसरी लेखक तेजविलासले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोणका साथ सावधान र सन्तुलित भएर आफ्ना धारणा राखेका छन् । उनले पाठकमा गलत प्रवृत्ति अर्थात् विकृति, विसङ्गतिको विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन् तर त्यसो गर्ने बेलामा उनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोणका साथ अग्रगामी दिशातर्फ अगाडि बढ्न सचेत गराएका छन् । यसरी लेखकले साहित्यको क्षेत्रबाट प्रगतिशील र प्रगतिवादी विचारधारालाई अगाडि बढाएका छन् ।

सुझाव

मुक्तककार तेजविलासको वैचारिक पक्षमा कुनै समस्या छैन । उनले आफ्नो यो प्रष्ट वैचारिक दृष्टिकोणमा आफूलाई कायम राख्नुहुने छ । त्यसका साथै मुक्तक जस्तो सानो तर बृहत् विषयवस्तुलाई समेट्न सक्ने क्षेत्रमा केही सावधानी अपनाउनु उचित हुने छ । खासगरी मुक्तकको सिद्धान्त, संरचना र अन्य प्राविधिक विषयमा ध्यान दिनु ठिक होला । मुक्तकमा व्यञ्जनाको सफल प्रयोगबिना भावको प्रभावकारिताको ग्यारेन्टी हुन नसक्ने हुँदा यसतर्फ ध्यान दिनुपर्ने छ । भाषाव्याकरणमा समस्या छैन । सरल शब्द प्रयोगमा आएका छन् । मुक्तक पढ्दा पाठकले शब्दकोश पल्टाउनुपर्ने बाध्यता छैन । यसलाई कायम राख्दै सरल प्रकृतिका तद्भव शब्दमा बिम्ब, प्रतीक, रस, अलङ्कार, ध्वनि र वक्तोत्तिको प्रयोगद्वारा प्रभावकारी व्यञ्जनाको ग्यारेन्टी गरियोस् । यसो भएमा धार र निशाना दुवै गर्धनमा पर्ने छ ।

सन्दर्भ सामग्री

अधिकारी, तेजविलास ९२०७३०। उच्छवास। काठमाडौँ स् भगवती अर्याल ।

तेजविलास ९२०८००। उत्प्रेक्षण। काठमाडौँ स् भगवती अर्याल ।

थापा, प्रा।डा। मोहनहिमांशु ९२०६६०। साहित्य परिचय। संशोधित पाँचौँ संस्करण। ललितपुर स् साझा प्रकाशन ।

नेपाल, डा। देवी ९२०७८०। लेखन शिल्प। दोस्रो संस्करण २०७९। काठमाडौँ स् ऐरावती प्रकाशन ।

नेपाली बृहत् शब्दकोष ९२०७९०। एघारौँ संस्करण। काठमाडौँ स् नेपाल प्रज्ञा–प्रतिष्ठान ।

२०८१ असार ३१ गते सोमबार
बुढानीलकण्ठ–१०, काठमाडौँ

टिप्पणीहरू